राप्रपा नेपालले आज काठमाडौँमा बृहत जनप्रदर्शन गर्ने 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ ।

हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनालगायतका माग राख्दै दिउँसो साढे १ बजे काठमाडौंको भद्रकाली मन्दिर परिसरमा बृहत जनप्रदर्शन गर्ने तयारी भएको प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए।

भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दुराष्ट्र र राजासंस्था पुनःस्थापना, प्रदेश संरचना खारेजी र मिटरब्याज, लघुवित्त र सहकारीपीडितका समस्या समाधानका लागि दबाब दिन प्रदर्शन गर्न लागिएको प्रवक्ता सिंहले बताए ।