उदयपुरमा जिप दुर्घटना, ६ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौँ । उदयपुरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्।

धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको बोलेरो बिहीबार बिहान करिब ११ बजे उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उपयपुरका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए।

जिप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो । घटनास्थलमा रहेका स्थानीय मिलन राईका ७ जनालाई उद्दार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । गाडी नम्बर खुलेको छैन। बोलेरो ८ सय मिटर तल भीरबाट खसेको हो ।

गाडीमा १५ जना यात्रु रहेका थिए । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा एम्बुलेन्ससहित प्रहरी पुगेको छ। दुर्घटनाको विस्तृत विवरण आउँन बाँकी छ।