विमानस्थलमा खटिएका ५४ जना प्रहरी एकसाथ हटाइयो

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लामो समयदेखि  खटिएका ५४ जना प्रहरी अधिकारीलाई एकसाथ हटाइएको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षभन्दा बढी र १६ वर्षसम्म त्यहीँ कार्यरत् रहेकाहरुलाई एकसाथ हटाएको हो । 

उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले उनीहरुलाई हटाएर नयाँ टोली पठाइसकिएको पुष्टि गरे ।

एआईजी थापाले भने लामो समयदेखि एकैठाउँमा बस्नेभन्दा नयाँ टोली जाँदा काममा पनि प्रभावकारिता बढ्ने भएकाले यस्तो निर्णय गरिएको बताए ।