'राजसंस्थाप्रतिको भावना अहिले पनि कायम छ' :  कमल थापा

काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले महाधिवेशनमा अस्वभाविक चलखेल गरेका कारण राजसंस्थाप्रतिको मोहभंग भएको बताएका छन् ।

उनले सबैको सर्वस्वीकार्य अभिभावकीय भूमिकाको अपेक्षा गरिएको बेला पार्टीभित्रकै एक समूहकै पक्षमा लागेका कारण आफ्नो राजसंस्थाप्रतिको आस्थामा गिरावट आएको बताए । उनले भने, ‘राप्रपाको महाधिवेशनमा राजसंस्थाको गतिबिधिले पीडाबोध गरेरै राप्रपा नेपालको पुनस्स्थापना गर्न पुगेको हुँ। मेरो लामो समयदेखिको आस्थाको प्रतीकले एक गुटलाई दिएको प्रश्रय दिएकाले अन्य विकल्प थिएन।’

उनले आदर्श राजसंस्थाको पक्षमा आफ्नो अहिले पनि सदासयता रहेको धारणा राखे । उनले पार्टीको समेत एक गुटलाई बढावा दिएर आफ्नो निहित स्वार्थ पूर्ति गर्न चलखेल गर्ने राजसंस्थाले समग्र सबैको अभिभावकीय भूमिका वहन नगर्ने निष्कर्षमा पुगेको उनले बताए ।