त्रिकोणीय सिरिज आजदेखि, जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौँ - आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणीय सिरिज आजदेखि काठमाडौँमा शुरु हुदै छ ।

सिरिजको पहिलो खेल आज नेपाल र नामिबियाबीच हुदै छ ।

आजदेखि हुने यो त्रिकोणीय सिरिज फागुन ९ गतेसम्म संचालन हुने छ । यस सिरिजमा तिनै टिमले एक अर्काविरुद्ध दुई दुई खेल खेल्ने छन् । नेपालले नामिबियाविरुद्ध आज र फागुन ६ गते खेल्ने छ भने स्कटल्याण्डविरुद्ध फागुन ५ गते र फागुन ९ गते खेल्ने तालिका रहेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल अहिले २४ खेल खेल्दै १८ अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्ड अहिले ३२ खेलमा ४६ अंकसहित शिर्ष स्थानमा छ भने नामिबिया ३० खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।