सही पत्रकारिता गर्नेको महासंघ नै नभएको  दुर्गा प्रसाईको दाबी

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले नेपालमा सही पत्रकारिता गर्नेको महासंघ नै नभएको दाबी गरेका छन् ।

बिहीबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले कांग्रेस, एमाले, माओवादीका पत्रकार रहेको संस्था पत्रकार महासंघ हुन नसक्ने बताए ।

एक पत्रकारकी श्रीमतीले नबुझ्ने मान्छेलाई खाली चेकमा सही गर्न लगाएर आफैँले ठूलो अंक भरेर चेक बाउन्स गराएको कुरा आफूले सार्वजनिक गरेपछि उनका पत्रकार श्रीमानले धम्की दिएको बताए । शान्ति तिवारीले सो काम गरेको आफूले खुलासा गरेपछि आफूलाई साइबर ब्यूरोमा उजुरी गर्ने र पत्रकार महासंघबाट पत्र काट्ने धम्की आएको प्रसाईँले बताए ।

उनले भने, ‘पत्रकार महासंघ कसको भन्ने थाहा छैन, कांग्रेसको पत्रकार महासंघ, एमालेको महासंघ रे, त्यस्तो पनि हुन्छ ? पत्रकार महासंघ नै छैन । सही पत्रकारिता आज तपाई युटुबर आएर बचाइदिनु भयो बच्यो, नभए यो मिसन मिडियाधारी यी काम लाग्दैनन् ।’

प्रसाईँले भने,‘क पढ्न नजान्ने मान्छेको चेक लिएर जाने, बाउन्स गराउने, मिटरब्याजीमा लगाउने रु साइबर ब्यूरोले शान्तिलाई थुन्दो रहेछ कि दुर्गा प्रसाईँलाई थुन्दो रहेछ, शान्ति तिवारीको बुढा पत्रकार महासंघमा रहेछन्, मलाई पत्रकार महासंघले चिठी काट्ने रे । पत्रकार महासंघले पत्र काटेर मलाई के हुन्छ र तातो न भुत्लो, के को पत्रकार महासंघ मान्ने भएपो ।