विद्युत प्राधिकरणले  १० मेगावाटसम्मका जलविद्युत् आयोजनाहरूको पीपीए खुलाउने 

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत् आयोजनाहरूको पीपीए खुलाउने भएको छ ।

प्राधिकरणले स्वदेशी साना लगानीकर्ताहरुको विद्युत्मा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता पीपीए खुल्ला गर्ने निर्णय गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षमा गत २४ माघमा बसेको प्राधिकरण सञ्चालक समितिको ९६३ औं बैठकले १० मेगावाटसम्मका नदी प्रवाही आरओआर र अर्धजलाशययुक्त पिआरओआर जलविद्युत आयोजनाहरुसँग जहिले र जति पनि पीपीए गर्ने निर्णय गरेको हो।