राप्रपाले फागुन ९ गते देशभर प्रदर्शन गर्ने 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन ९ गते देशभर प्रदर्शन गर्ने भएको छ ।

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाहसहित जनजीविकाका माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मागपत्र बुझाउने निर्णय गरेको हो ।

सोही दिन देशका ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई मागपत्र पेस गर्ने कार्यक्रम तय गरिएको राप्रपाले जनाएको छ ।