'नेपाल सिध्याउन भित्र/बाहिरका शक्ति क्रियाशील छन्' : केपी ओली

काठमाडौँ - प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद बनाउने शक्ति क्रियाशील रहेको बताएका छन् ।

काठमाडौंमा मंगलबारबाट सुरु भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले देश बर्बाद बनाउन भित्र र बाहिरका शक्ति क्रियाशील रहेको बताएका हुन् ।

पाँच दलीय गठबन्धन भत्काइएकोमा खुसी नहुन कार्यकर्तालाई आग्रह गरेका उनले संसदको बनावट अस्थिरता निम्त्याउने खालको रहेकाले अहिलेको अवस्था परिवर्तन हुन सक्ने संकेत व्यक्त गरे । देश बनाउने विषय सोझो रेखामा राजनीति नहिँड्ने उनको भनाइ छ ।