माओवादीको विधान अधिवेशन आज पनि, आजबाट २० समूहले आ- आफ्नो प्रस्तुति दिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो उद्घाटन गरेको सो अधिवेशनमा आज २० वटा समूहले आआफ्नो प्रस्तुति दिनेछन् ।

महासचिव देवप्रसाद गुरुङले हिजो गठन गरिएका २० वटा समूहले प्रस्तावित विधानमा छलफल गरिसके पछि आज प्रस्तुतीकरण हुन लागेका हो । अध्यक्ष प्रचण्डले बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न समयसिमा तोकी दिएका छन्।

तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रूप दिइने माओवादीले जनाएको छ ।