सप्तरीमा घुर ताप्ने क्रममा जलेर एक महिलाको मृत्युु

काठमाडौँ ।   घुर ताप्ने क्रममा आगोले जलेर एक महिलाको मृत्यु भएको छ ।

सप्तरीको तिरहुत गाउँपालिका-५ मुसहरी टोलकी ३५ वर्षीया सोनिलादेवी सदाको हिजो जलेर ज्यान गएको हो । 

लुगामा आगो सल्किएपछि घाइते भएकी उनको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो ।