राष्ट्रियसभामा १९ उम्मेदवारलाई जिताउन सत्ता गठबन्धनको अपिल

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सत्ता गठबन्धन सम्बद्ध दलहरुले अपिल गरेका छन् ।

आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनलाई थप बिलियो बनाउनुपर्ने  बताउँदै गठबन्धनका १९ उम्मेदवारलाई जिताउन सात दलले अपिल गरेको हो ।

गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा नाउपा र जनमोर्चा गरी सात आवद्ध रहेका छन् ।

राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते हुँदै छ ।