महालक्ष्मी विकास बैंकका सीईओ देवकोटाले दिए राजीनामा

काठमाडौँ । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  बोधराज देवकोटाले राजीनामा दिएका छन् ।

शुक्रबार सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरिसकेको छ । व्यक्तिगत कारणले बैंकको सीईओ पदबाट राजीनामा दिएको बताएका छन् । आफ्नो कार्यकाल पुरा नगरी उनी बैंकको सीईओबाट बाहिरिएका हुन् ।

२०७७ चैतमा प्रमुख कार्यकारी नियुक्त भएका देवकोटा १५ महिना कार्यकाल बाँकी हुँदै राजीनामा दिएका छन् । देवकोटा महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुअघि सिटिजन्स् बैंक इन्टरनेशनलमा डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए।