इजरायलको आक्रमणबाट गाजामा २० प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । इजरायलले गाजाको एउटा घरमा आक्रमण गर्दा २० प्यालेस्टाइनीको मृत्यु भएको छ ।

शनिबार बिहान गाजाको अलदराज नजिकै रहेको घरमा इजरायलले गरेको बमबारीका कारण मृत्यु भएका २० जनाको शव फेला परेको प्यालेस्टिनी सिभिल डिफेन्सले जनाएको छ ।

शनिबार मध्य गाजा शहरको अलदराज क्षेत्रमा ठूलो भिडन्त भएको जनाइएको छ ।