सबैले प्राप्त जिम्मेवारीलाई राम्रोसँग पूरा गरे पार्टी आफैँ सुदृढ हुन्छ : प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सबैले प्राप्त जिम्मेवारीलाई राम्रोसँग पूरा गरे पार्टी आफैँ सुदृढ हुने बताएका छन् ।

पोखरामा आइतबार कार्यकर्ता भेटघाटका क्रममा बोल्दै उनले पार्टीलाई बलियो र जनमुखी बनाउन सिर्जनात्मक तथा तथ्यगत रूपमा सुझाव दिन पनि उनले कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

कांग्रेसलाई आगामी दिनमा पनि एक नम्बर पार्टी बनाउनुपर्ने बताए। त्यसका लागि राम्रो काम गर्दै जानुपर्ने सिंहको भनाइ छ। फरक प्रसंगमा माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा पार्टी र गठबन्धनका साझा उम्मेदवारलाई जिताउन उनले अपिल गरेका छन्। 

सिंहले पार्टीले लिने नीतिलगायतका विषयमा फागुनमा हुने महासमिति बैठकमा छलफल गरिने बताएका थिए।