संघीय संसद अन्तर्ग  आज विभिन्न तीन समितिका बैठक बस्दै

काठमाडौँ । संघीय संसद अन्तर्गत आज तीन वटा समितिका बैठक बस्ने भएको छ । जसमा प्रतिनिधिसभाका दुई र राष्ट्रियसभाको एक समितिको बैठक बस्दैछ ।  प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ ।

आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न विद्यार्थी संघरसंगठनहरुसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बस्दैछ । बैठकमा गुठी पीडित मोही किसानको समस्या र गुठी सम्बन्धी कानून लगायतका विषयमा छलफल हुनेछ ।

यसैगरी, राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रिय सम्पदा अन्तर्गत राष्ट्रिय निकुञ्ज, आरक्षण र संरक्षित क्षेत्रको विद्यमान अवस्था र यसको संरक्षण सम्वर्द्धनमा सामुदायिक वन उपभोक्ता महासङ्घको भूमिका लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।