रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ७ जना यात्रु घाइते

 काठमाडौँ - रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको छ ।
सुनपाती गाउँपालिका–३ रजमनटारबाट काठमाडौं आइरहेको बा ३ ख ५९६० नम्बरको यात्रुवाहक बस रामेछापकै भलायखर्कमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा ७ जना यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते हुनेहरूमा रामेछाप सुनपाती गाउँपालिका–२ का ५० वर्षीया मैच्याङ तामाङ त्यस्तै सोही गाउँपालिका–४ का ६२ वर्षका धनबहादुर तामाङ, सोही गाउँपालिका–३ का ७० वर्षकी शुक्रमाया विश्वकर्मा, ६५ वर्षीया साइँली तामाङ, सुनापती– ३ का ६० वर्षीय मिन बहादुर थापामगर, सुनापटी–५ का चार वर्षीय बालक विस्वास बिसंखे घाइते भएका हुन् ।

बसमा ७० जना सवार थिए । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याएको छ । बस अनियन्त्रित भएर सडकै पल्टिएको थियो ।