शिक्षा ऐन जारी नभएमा ८ विद्यार्थी संगठनले संयुक्त आन्दोलन गर्ने

काठमाडौँ - सरकारले शिक्षा ऐन जारी गर्न नसके आन्दोलन थालिने ८ विद्यार्थी संगठनहरू चेतावनी दिएका छन्।

 

 नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिडाँडामा बसेको बैठकले संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको र बैठकमा सहभागी विद्यार्थी संगठनहरू एकढिक्का भएर सशक्त आन्दोलन गर्ने सहमति भएको अखिल (क्रान्तिकारी)का प्रवक्ता उपदेश यादवले जानकारी दिए।