प्रधानमन्त्रीको असार ३० गतेसम्म सम्पूर्ण राजनीतिक कार्यक्रम स्थगित

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालको असार ३० गतेसम्म सम्पूर्ण राजनीतिक कार्यक्रम स्थगित गरिएको छ ।
पत्नी वियोगमा रहेका प्रधानमन्त्रीको सम्पूर्ण राजनीतिक कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । समवेदना प्रकटका लागि असार २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि बेलुका ६ बजेसम्मको समय तोकिएको छ ।