पक्राउ परेका सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्चको आदेश

 काठमाण्डौँ - सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले बिहीवार सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न आदेश दिएको हो । राउत आइतवार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।