स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन पत्राचार

काठमाडौँ - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गरेको छ ।

मन्त्रालयका उपसचिव कमानसिंह थापामगरद्वारा हस्ताक्षर गरिएको उक्त पत्रमा राजपत्रांकित र रापअनंकित छुट्टाछुट्टै स्थायी कर्मचारीको दरबन्दी पठाउन पत्राचार गरिएको हो । सचिवस्तरीय निर्णयबाट मन्त्रालयले सबै मन्त्रालय, आयोग र सचिवालयहरूलाई पत्राचार गरेको हो ।