प्रधानमन्त्री दाहाल र बाबुराम भट्टराई विरुद्धको रिटमा कारण देखाउ आदेश 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि रिटलाई अग्राधिकार दिने आदेशसमेत भएको छ ।

माओवादी सशस्त्र द्वन्द्वकालमा बालबालिकाहरूलाई लडाकुको रूपमा प्रयोग गरेको आरोपमा पूर्व बाल सैनिकहरूले प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध बहिर्गमन जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन बिष्टसहित नौ जनाले रिट दर्ता गरेका थिए ।