हाम्रो पात्रो एपको मनलाग्दी : प्रतिबन्धित ‘वानएक्स बेट’को प्रचार गर्दा कारबाही किन भएन ?

काठमाडौँ - हाम्रो पात्रो एपले वनएक्स बेट (सट्टेबाजी) एप्लिकेसनको प्रचार गरेको खुल्न आएको छ । हाम्रो पात्रो मोबाइल एपमा वनएक्स बेटको विज्ञापन अहिलेपनि देख्न सकिन्छ ।

नेपालमा वनएक्स एप प्रतिबन्धित छ । तर हाम्रो पात्रो एपले भने वनएक्स बेटको प्रचार गरिरहेको छ । हाम्रो पात्रो एपमा देखिने वनएक्स बेटको विज्ञापन गुगल एड हो । तर यसको नियमन भने हाम्रो पात्रो टीमले गरेको छैन । यसलाई रोक्न सकिने भएपनि सम्बन्धित पक्षले चासो नदिएको हो ।

के हो वनएक्स बेट ?

नेपाल राष्ट्र बैंकले गैरकानुनी भनेको अनलाइन सट्टाबाजी डिजिटल भुक्तानीमार्फत् सामाजिक सञ्जालमा अकाउन्ट बनाएर कुनै पनि खेल भइरहेको समयमा त्यो खेलको पक्ष वा विपक्षमा नाफा कमाउने उद्देश्यले लगाइने बाजी हो। वान एक्स बेट जस्ता बेटिङ एप डाउनलोड गरेर अकाउन्ट बनाएपछि डिजिटल वालेटहरूमा दिइएको नम्बरमा सट्टाबाजी गर्ने रकम भुक्तानी गरिन्छ।

डिजिटल भुक्तानी प्रणाली सुरु हुनुभन्दा अघि अनलाइन बेटिङ सहज थिएन किनकि देशबाहिर पैसा भुक्तानी गर्न विदेशी कार्डबाट भुक्तानी गर्नुपर्थ्यो। त्यसको लागि दुईवटा माध्यम थियो विदेशमा बस्ने नेपालीलाई भुक्तानी गर्न लगाउने वा उनीहरूको कार्ड प्रयोग गर्ने। यस्ता अनलाइन सट्टाबाजी खेल्न, खेलायन र प्रोमोट गर्न नेपाल सरकारले निषेध गरेको तर पनि किन नेपालका इन्फ्लुएन्सर भनिने युट्यूबरहरु यसको खुलेआम प्रोमोट गरिरहेका थिए यसले नेपालको अर्थ र बालबालिकाहरुलाई कुन दिशा तर्फ लगिरहेको छ ।

वन एक्स बेट साइप्रसमा आधारित एक अनलाईन बेटिङ कम्पनी हो यो कम्पनी सन् २००७ मा स्थापना भएको थियो । हाल सम्म यो कम्पनीले आफुलाई विभिन्न मुलुकमा स्थापना गर्न सफल भएको छ । केही वर्ष देखि यो कम्पनीले नेपालमा पनि जरा गाडेको छ । नेपालमा अन्तराष्ट्रिय भुक्तानी गर्न निकै कठिन छ र यो कुरा वन एक्स बेटिङ कम्पनीलाई पनि राम्रो सँग थाह छ । भुक्तानीको झन्झटलाई सहज बनाउनको लागि वन एक्सले नेपालमा धेरै एजेन्टहरु खटाएको छ । जसको काम प्रयोगकर्ताहरु सँग पैसा लिएर उनीहरुलाई ग्याम्बिलिङको लागि कोेइन प्रदान गर्नु हो । यो लेनदेनको काम गरेबापत वन एक्सले एजेन्टहरुलाई कमिसन  दिने गर्छ । यि एजेन्टहरुले जति धेरै पैसाको कारोबार गर्न सक्यो उति नै धेरै कमिसन पाउछन् ।

मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने व्यवस्था छ । धारा १२५ को ९२० को उपदफा ९१० को (क) मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा रु ३० हजार सम्म जरिवाना र उपदफा (ख) मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र रु ५० हजार सम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र रु १० हजार सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

 

भिडियोमा हेर्नुहोस् गैरकानुनी प्रचार :