तारे भिरमा हत्या गरी हात बाँधेर गाडेको अवस्थामा १८ वर्षीय सुस्माको शव फेला

काठमाडौँ । काठमाडौँको तारे भिरमा हत्या गरेर पुरेको अवस्थामा किशोरीको शव फेला परेको छ ।

१२ कक्षामा अध्ययनरत १८ वर्षीय सुस्मा लामा घरबाट माघ २२ मा  ‘क्याम्पस जान्छु’ भनेर हिँडेकी थिइन् ।

उनी नफर्केपछि परिवारले प्रहरीमा निवेदन दिएका थिए ।  फागुन २५ मा गोकर्णेश्वर नगरपालिका–३ स्थित तारे भिरबाट शव उत्खनन् गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

फागुन २५ मा शव उत्खनन् गरेर उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे अनुसन्धान गरिरहेको छन् ।