प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनधिसभाबाट विश्वासको मत पाएका छन् । गत फागुन २१ गते गठबन्धन फेरेर नेकपा एमालेसँग मिसिएपछि नेपाली कांग्रेसले समर्थन फिर्ता लिँदा प्रचण्डले विश्वासको मत लिनुपरेको हो।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मतविभाजनबाट विश्वासको मतको छिनोफानो गरेका थिए। जसअनुसार प्रतिनिधिसभामा बुधबार उपस्थित २६८ मध्ये प्रचण्डको पक्षमा १५७ र विपक्षमा ११० मत खसेको छ। मत दिन्न भन्ने पक्षमा १ मत खसेको सभामुख देवराज घिमिरेले घोषणा गरे।

यस पटक प्रचण्डको पक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी उभिए।

त्यस्तै डा। अमरेश सिंह, योगेन्द्र मण्डलसहितको मत पनि उनले पाएका छन्। प्रतिनिधि सभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १० सांसद छन् ।