उपराष्ट्रपतिको उम्मेदवारबाट किन पछि हटिन प्रमिला ? रामसहायलाई समर्थन

काठमाडौँ - उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी जसपा सांसद प्रमिला कुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। आगामी चैत ३ गते हुने उपराष्ट्रपति चुनावका लागि जसपाबाट दुई जनाको उम्मेदवारी परेको थियो।

जसपा, नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य रामसहाय प्रसाद यादव र प्रमिला दुवैले समय भित्र उम्मेदवारी फिर्ता नलिएपछि दुवै जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगले जनाएको छ।

तर, प्रमिलाले रामसहाय प्रसाद यादवलाई नै समर्थन गर्दै भन्दै उम्मेदवारी फिर्ता लिएकी हुन्। यादव राजनीतिक, आर्थिक र सामाजिक–सांस्कृतिक रुपले समाजको अग्रगामी रुपान्तरण र परिवर्तनको संघर्ष सँगै शोषण, उत्पीडन, असमानता र विभेदका विरुद्ध जनआन्दोलन, ऐतिहासिक मधेश जनबिद्रोह लगायत लोकतन्त्र बहालिका लागि पटक–पटक भएका बिभिन्न आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनले आफू पछि हटेको बताएकी छिन्।