बैंकहरूलाई समस्या आए राष्ट्र बैंकले कर्जा सापटी दिने

काठमाडौँ - बजारमा ऋणिसँगको टसल र आर्थिक मन्दीका कारण बैंक तथा वित्तिय संस्थालाई समस्या आईलाग्न थालेपछि नेपाल राष्ट्र बैंकले नयाँ नीति लिने भएको छ ।

‘नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सम्बन्धी नीतिगत व्यवस्था, २०६७’ लाई खारेज गर्दै ‘नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९’ जारी गरेर बैंकलाई समस्याग्रस्त हुनबाट जोगाउने तयारी थालेको छ ।

यस विनियमावलीले इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था आर्थिक सङ्कटमा परेर टाट पल्टिने स्थिति आए केन्द्रीय बैंकले अन्तिम ऋणदाताको रूपमा कर्जा सापटी दिएर बचाउने छ । पछिल्लो समय विश्वमा नै आर्थिक मन्दी देखिएको छ । जसले गर्दा अमेरिकाका दुईवटा बैंक टाट पल्टिने अवस्थामा पुगेका छन् ।