वैभवशाली संस्कृतिले नेपाल विश्वमै आकर्षणको केन्द्र बनेको छ : राष्ट्रपति पौडेल

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमै आकर्षणको केन्द्र बनेको बताएका छन्।

ललितपुरको बालकुमारीस्थित पुनर्निर्मित बालकुमारी मन्दिर बुधबार बिहान समुद्घाटन गर्दै राष्ट्रपति पौडेलले मौलिक कला र संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिए।

उनले ऐतिहासिक सम्पदाको पुनर्निर्माण प्रयास प्रशंसनीय रहेको बताए।