कांग्रेस नेता रिजाल भन्छन्__'एक साताभित्र कांग्रेस सरकारमा सहभागी हुन्छ' 

 वीरगञ्ज - नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले नेपाली कांग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताएका छन् । 

वीरगञ्जका सञ्चारकर्मीसँग  कुरा गर्दै सांसद रिजालले चैतको ५ वा ६ गतेभित्र कांग्रेसमा सहभागी हुने तयारी भइरहेको बताए । “कुन कुन मन्त्रालय लिने र ककस्लाई मन्त्री बनाउने बिषयमा पार्टीभित्र र सरकारमा सहभागी दलहरुसँग छलफल भइरहेको छ”, उनले भने, “उपराष्ट्रपतिको चुनाव सकिने बित्तिकै हामी सरकारमा जान्छौँ ।” नेपाली कांग्रेसले नौ वा १० मन्त्रालय लिएर सरकारमा जाने करिब(करिब सहमति भएको उनको भनाइ थियो ।