जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप अध्यक्ष ओलीको आरोप  

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौँ मा आयोजित मानव अधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा मात्रै जनयुद्ध भएको बताए ।

ओलीले सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने ? भन्दै प्रश्न गरे । युद्धका पीडितहरुले हालसम्म पनि न्याय नपाउनु दुःखद भएको बताए ।' ; JBHV

ओलीले भने, “हामीले साह्रै जटिल अवस्था पार गरेर आयौँ । धेरै जटिल अवस्था । एउटा त, हिंसात्मक द्वन्द्व भयो । हिंसा भयो देशमा । हिंसा किन र केका लागि भयो ? त्यसको पुष्टि कसैले गर्न सकेको छैन । जनताले आवाज राख्न, बोल्न पाएन, बोलेर आफ्ना कुरा र हीत राख्न पाएन भन्ने अवस्था थिएन । संविधानले बोल्ने अधिकार, संगठित हुने अधिकार दिएको थियो । र आफ्ना कुरा राख्ने अधिकार दिएको थियो, हिंसा किन गर्नुपर्‍यो, त्यो पुष्टि अहिलेसम्म कसैले गर्न सकेको छैन ।’