भोलिदेखि उपत्यकामा सबै सवारी साधन बन्द गर्ने घोषणा (विज्ञप्तिसहित)

काठमाडौँ - यातायात मजदुरले मङ्गलवारदेखि काठमाडौँ उपत्यकाभित्र सम्पूर्ण यातायात नचलाउने घोषणा गरेका छन् । 

सोमबार यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् ।  नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले नयाँ बसपार्कको ठेकेदार ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएको बताए । सोमबार उनीहरुले बालाजु क्षेत्रमा सडकमै गाडी तेर्स्याएर प्रदर्शन गरेका छन् ।