उप निर्वाचनका लागि आजदेखि मतदाता नामावली अद्यावधिक शुरु

फागुन १, काठमाण्डौँ । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजबाट काम शुरु गरेको छ । हाल रिक्त रहेको चितवन–२ को उपनिर्वाचनका लागि आयोगले मतदाता नामावली अद्याबधिक गर्न आजदेखि नै काम शुरु गरेको हो । आयोगले सार्वजनिक गरेको तालिका अनुसार फागुन १ गतेदेखि २०७९ चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम छ ।