निर्वाचन आयोगद्धारा राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका आयोगले निर्वाचन चिह्न प्रदान गरेको हो ।

आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा छन्।

उक्त निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो। आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार छन्।

कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा छरछ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन्।