राप्ती बस दुर्घटना अपडेट : १२ मृतक मध्ये थप २ जनाको सनाखत 

काठमाण्डौँ - दाङको भालुवाङस्थित राप्ती नदीमा भएको बस दुर्घटनामा परि मृत्यु भएकामध्ये १० जनाको सनाखत भएको छ । प्रहरीका अनुसार थप दुई जनासहित अहिलेसम्म १० जनाको सनाखत भएको हो । 

 चितवनको भरतपुर नगरपालिका वडा नं २५ निवासी ३५ वर्षीय अनिल खड्का र बाँकेको खजुरा गाउँपालिका वडा नं ३ का सञ्जय केसी रहेको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । अब दुई जनाको सनाखत हुन बाँकी छ । दुर्घटनामा परि मृत्यु भएका १२ जनामध्ये ८ जनाको यसअघि नै सनाखत भई सकेको छ ।