संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्ष्मा अधिवक्ता अर्याल चयन

काठमाडौँ । अधिवक्ता ओमप्रकाश अर्याल संवैधानिक कानुन व्यवसायिक मञ्चको अध्यक्षमा चयन भएका छन् । शुक्रबारको बसेको साधारणसभाले अधिवक्ता अर्याल नयाँ कार्यसमितिमा चयन गरेको हो ।

साधारणसभाबाट उपाध्यक्षमा शर्मिला श्रेष्ठ, महासचिवमा लिलाधर उपाध्याय, कोषाध्यक्षमा रोशन पोखरेल, सदस्यहरुमा दिनेश त्रिपाठी, अमर राउत, रोशनी पौड्याल र पवन जयसवाल छनोट भएका छन् ।

संवैधानिक विषयवस्तुमा सरोकार राख्ने कानून व्यवसायीहरुले मञ्चको स्थापना गरेका हुन् ।