फागुन पहिलो हप्ता विधान सम्मेलन गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।

शनिबार  पार्टीको केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

विधान सम्मेलन काठमाडौँमा गर्ने निर्णय पनि गरिएको छ । विधान सम्मेलनअघि माघ २६ गते स्थायी कमिटीको बैठक बस्ने उनले बताए ।