श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ  

काठमाडौँ । श्रीमतीको हत्या गरि फरार रहेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पाँचथरको मिक्लाजुङ गाँउपालिका-३ आरुबोटको पेकुवा तुम्बेवा– ५ का असफल भनिने नरोध्वज कुरुम्बाङ श्रीमतीको हत्या आरोपमा शनिबार बिहान पक्राउ परेका हुन् ।

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरि सासु र छिमेकीलाई गम्भिर घाइते बनाएर उनी फरार भएका थिए । ससुराली घरमा खुकुरी प्रहारबाट उनकी श्रीमती गोमा फियाकको मृत्यु भएको थियो भने सासु कान्छीमाया फियाक र छिमेकी मेहन्द्र श्रेष्ठ घाइते भएका थिए । उनीहरुको विएण्डसी अस्पताल विर्तामोड झापामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।