बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, नौ जना घाइते

काठमाडौँ । बागलुङमा बुर्तिबाङ बजारबाट ढोरपाटन जाँदै गरेको जिप दुर्घटना भएको छ ।  शनिबार बिहान ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको दुर्घटनामा परि दुई जनाको घटना स्थलमै मृत्यु भएको भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ।

दुर्घटनामा   जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र  चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा नौ जना घाइते भएका छन्। जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ।