उद्योगी व्यवसायीहरुलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न अध्यक्ष ढकालको माग

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले  उद्योगी व्यवसायीहरुलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न माग गरेका छन् ।

शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उनले आफू निजी क्षेत्रका विभिन्न कार्यक्रममा जाँदा व्यवसायीहरुले मर्यादाक्रमको कुरा उठाएको बताए ।

‘निजी क्षेत्रको मर्यादाक्रमको विषयमा गम्भीर रुपले कुरा उठेको छ । सरकारको पैसा खर्च नभइकन, धेरै व्यवसायहरुलाई इन्करेज गरेर उनीहरुको व्यवसायिक एक्टिभिटी बढाउनलाई हौसला प्रदान गर्न सकिन्छ भने त्यस्तो किसिमको चाहे मर्यादाक्रमको कुरा होस्, सीआईपीको कुरा गरौं । सीआईपी पनि प्रत्येक पटक दुई दुई वर्षमा दिने सिस्टम छ तर त्यसको लागि एक वर्षसम्म लविङ नै गर्नुपर्छ’ उनले भने ।

उत्कृष्ट व्यवसायी सम्मान ९सीआईपी० का क्रममा पनि आफूहरुले धेरै असहज र कठिन परिस्थितिको सामना गर्नुपरेको भन्दै अध्यक्ष ढकालले परिस्थिति सहज बनाइदिन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरे ।