टोखाबासीलाई चाकुको चटारो

काठमाडौँ । माघे संक्रान्ति नजिकिएसँगै टोखाबासीलाई चाखु बनाउन भ्याइनभ्याइ भएको छ । माघे संक्रान्तिमा बढी खपत हुने चाकुको माग धान्नको लागि चाकु बनाउन भ्याइनभ्याइ भएको टोखाका चाकु उद्यमीहरूले बताएका छन्।

काठमाडौँको टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा रहेको उद्यमीहरूले बताए। माघे संक्रान्तिमा खानैपर्ने परिकारको रूपमा प्रख्यात छ। चाकु उद्यमीहरूले व्यापारीक प्रयोगको लागि भन्दा पनि पछिल्लो समय अमेरिका, युरोप,अष्ट्रेलिया र चीन लगायत देशमा समेत जाने गरेको बताए। व्यवसायीहरुले विगतका वर्षको जस्तो चाकुको मूल्य नबढाएको बताए।

माघे संक्रान्तिमा चाकुको माग बढी हुने भएकाले सीमित उद्यमीहरू भएकाले भ्याइनभ्याई रहेको उनको भनाइ छ। त्यस्तै, अर्का चाकु उद्यमी कृष्णलाल श्रेष्ठले चाकुको काम गरेको चार पुस्ता भएको बताए। उनले चाकु बनाएर बेच्नलाई भ्याइनभ्याई रहेको बताए।

माघ १ गते मनाइने पर्वमा घ्यू र चाकुको परिकार निकै महत्त्वपूर्ण मानिन्छ। चाकु खासगरी जाडो महिनामा खाने प्रचलन छ। जाडो महिनामा चाकु खाँदा शरीर तात्ने भएकाले पनि पुस लागेदेखि नै चाकुको माग बढ्ने गर्छ।