दोहोरी साँझमा कुटपिट हुँदा एक जनाको मृत्यु

काठमाडौँ ।  दोहोरी साँझमा भएको कुटपिटमा परि एक जनाको ज्यान गएको छ। गोदावरी नगरपालकाको अत्तरिया बजारमा रहेको दोहोरी साँझमा २५ गते बुधबार राति कुटपिटमा परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको हो।

कुटपिटबाट गम्भिर घाइते भएका देउवाको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए। देउवाको ज्यान गएपछि उनको परिवारले इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएको थियो। कैलाली प्रहरी प्रवक्ता चन्दले घटनाको अनुसन्धान भइरहेको बताएका छन्।

उनले अनुसन्धानका लागि शनिबारसम्म ६ जनालाई नियन्त्रणमा लिएको बताएका छन्।