तमिलनाडुमा भाजपाको सरकार बन्ने काटजुको दाबी

  • सोमबार १५ मंिर २०८३ ०२:०० AM
भारतको सर्वोच्च अदालतका पूर्वन्यायाधीश मार्कण्डेय काटजुले सन् २०३१ मा हुने तमिलनाडु विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) को सरकार बन्ने दाबी गरेका छन् । उनले तमिलनाडुको पछिल्लो दीपाथून विवादलाई अयोध्याको राम मन्दिर आन्दोलनसँग तुलना गर्दै यसले राज्यको राजनीतिमा ठूलो परिवर्तन ल्याउन सक्ने बताएका छन् ।सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै काटजुले दीपाथून विवाद तमिलनाडुमा द्रविड राजनीतिबाट हिन्दुत्वको राजनीतितर्फ अघि बढ्ने सुरुवात भएको टिप्पणी गरेका छन् । उनका अनुसार अयोध्य