राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाद्वारा पार्टी नेतृत्वको कार्यशैलीमाथि प्रश्न

  • आइबार​ १४ मंिर २०८३ ११:०० PM
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीभित्र विधि, विधान र लोकतान्त्रिक प्रक्रियाको पालना हुनुपर्ने बताएका छन्।आइतबार राष्ट्रिय प्रेस क्लब, अनामनगरमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै थापाले पार्टीको महाधिवेशन प्रक्रिया, सदस्यता वितरण तथा आफूहरूलाई गरिएको कारबाहीप्रति आपत्ति जनाएका हुन्।उनले पार्टीको केन्द्रीय महाधिवेशनमा सहभागी हुन पाउने अधिकारबाट आफूहरूलाई वञ्चि