घर कता?

  • आइबार​ १४ मंिर २०८३ ०९:०० PM
तपाईंको घर कता हो?सुन्दा सामान्य लाग्ने यो प्रश्नले मलाई आजकल धरै गाह्रो बनाउन थालेको छ। केही समयअघि फ्याट्टै राजविराज, सप्तरी भन्ने म, केहीबेर सोच्न बाध्य हुन्छु। कारण: मेरो र सोध्ने व्यक्तिको घरप्रतिको बुझाई! अझै पनि प्रायजसो राजविराज नै भन्न आउँछ। केहीले राजविराज भन्ने उत्तर सहजै स्वीकार गर्नुहुन्छ भने केहीले प्रतिप्रश्न गर्नुहुन्छ- पहाड घर कता हो? ओखलढुङ्गा, खनियाँखर्कको भट्टराई हो भनि उहाँहरूको जिज्ञासा मेटाउँदै गर्दा थप्छु, तर मैले त्यो ठाउँ देखेको छैन। आफूले देख्दै नदेखेको ठाउँलाई घर