गुलरिया : बर्दियाको गुलरिया नगरपालिका–६ स्थित स्वास्थ्य कार्यालय नजिकै ईभी गाडीको ठक्करबाट ६ जना घाइते भएका छन्।पूर्वबाट पश्चिमतर्फ गइरहेको भे १ ज १९३३ नम्बरको ईभी गाडीले सडक किनारमा रोकिराखेका अटोरिक्सा, ठेला एवम् साइकल यात्रुहरूलाई ठक्कर दिएको हो। ठक्करबाट सडक किनारमा ठेला रोकिराखेका गुलरिया नगरपालिका–६ का ४१ वर्षीय राम छविले निषाद गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।त्यस्तै, दुर्घटनामा साइकल यात्री मधुवन नगरपालिका–९ का ३५ वर्षीय झलकबहादुर पुल