काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालयले फौजदारी अपराधको अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरणहरू अनधिकृत रूपमा चुहावट गर्ने बहालवाला तथा सेवा निवृत्त प्रहरी कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। प्रहरी महानिरीक्षकको सचिवालयले एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनुसन्धानको दायरामा रहेका विषयका गोप्य विवरण बाहिरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारा