व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौँका विभिन्न स्पा तथा मसाज सेन्टरबाट १४ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार स्पा तथा मसाज सेन्टरमा गैरकानुनी गतिविधि सञ्चालन भइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरी जाँच गरिएको थियो । सोही क्रममा १३ नेपाली महिला र एक बांङ्लादेशी पुरुषलाई नियन्त्रणमा