काठमाडौं : संस्कार एकेडेमीको आयोजनामा तीनदिने आवासीय ‘व्यावसायिक वास्तु परामर्शदाता प्रशिक्षण पाठ्यक्रम’ धुलिखेलस्थित होटल सारथीमा मंसिर ११ देखि १३ गतेसम्म सम्पन्न भएको छ। नेपालकै ठूलो तथा पहिलो व्यावहारिक वास्तु प्रशिक्षण कार्यक्रमका रूपमा आयोजित यस पाठ्यक्रममा संस्कार एकेडेमीको अनलाइन प्रशिक्षणको १८औँ तथा प्रत्यक्ष प्रशिक्षणको नवौँ ब्याचका गरी कुल ९४ जना सहभागी दीक्षित भएका छन्। सहभागीहरूले सात दिनको अनलाइन अध्ययन, ५२ दिनको अध्ययन तथा तीनदिने प्रत्यक्ष प्रशिक्षण पूरा गरेका थिए