बुटवल : लुम्बिनी बौद्ध विश्वविद्यालयको चौथो दीक्षान्त समारोह सोमबार लुम्बिनीमा हुँदैछ। भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना हुने समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमा ६ सय ३६ जना विद्यार्थी दीक्षित हुनेछन्। दीक्षान्त समारोहमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने १० जना विद्यार्थीलाई स्वर्ण पदकबाट विभूषित गरिने विश्वविद्यालयले जनाएको छ।विश्वविद्यालयका अनुसार दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका विभिन्न १९ वटा शैक्षिक कार्यक्रमका विद्यार्थी सहभागी हुनेछन्।