काठमाडौं : व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि सञ्चालन गरेको आरोपमा प्रहरीले काठमाडौँका विभिन्न स्पा तथा मसाज सेन्टरबाट १४ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा १३ जना नेपाली महिला र १ जना बगंलादेशी नागरिक रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दान बहादुर थापाका अनुसार, स्पा तथा मसाज सेन्टरहरूमा गैरकानुनी क्रियाकलाप भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। काठमाडौँका विभिन्न स्थानमा सञ्चालित सेन्टरहरूमा